प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
मेरोन्यूज
२०८१ असार १९ गते १८:२३

काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेकाे पार्टीकाे बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हाे।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार सम्ममा राजीनामा गर्न सुझाव दिएको थियो । तर प्रधानमन्त्री राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको जनाइएको छ ।
एमालेले आजै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया