विश्वकप विजेता भारतीय टिमको विहिबार मुम्बईमा भिक्ट्री परेड हुने

काठमाडौँ। टी-२० विश्वकप विजेता भारतीय टिमलाई मुम्बईमा भव्य स्वागत गरिने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई विहिबार विजयी र्याली गरिने जानकारी दिएका छन् । क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ ।
वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो ।
भारतीय मिडियाहरुले भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर अहिले बारबाडोसबाट उडिसकेको र विहिबार बिहानसम्म मुम्बई पुग्ने उल्लेख गरेका छन् । यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क-दुबई हुदै भारत आउने तालिका रहेको थियो ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया