एकीकृत समाजवादीमा कुन प्रदेशबाट कति केन्द्रीय सदस्य बन्दै छन् ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो ।
पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ ।
निर्देशिकामा एकीकृत समाजवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा हरेक जिल्लाबाट एकजना, प्रदेशबाट २५ सय संगठित सदस्यबाट एक जना, समावेशी क्षेत्रबाट ७० जना, पदाधिकारीसहित खुलाबाट ८० जना, भूगोल लगायत विभिन्न कार्यक्षेत्र, समवेशी र खुला निर्वाचन क्षेत्रबाट निर्वाचन गर्दा ३३ प्रतिशत महिलालाई आरक्षण गर्ने उल्लेख छ ।
त्यस्तै महिला लगायत सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५ देखि ४५ बर्ष उमेर समुहलाई आरक्षण गर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कोशी र मधेश प्रदेशबाट २१-२१ जना, बागमती प्रदेशबाट २३ जना, गण्डकीबाट १५ जना, लुम्बिनिबाट १८ जना, कर्णाली प्रदेशबाट १९ जना, सुदूरपश्चिमबाट १६ जना, पेशागतबाट ६ जना, सम्पर्क समितिबाट ८ जना, भारत प्रवासबाट एक जना, समावेशीबाट ७० जान र खुलाबाट ८० जना गरी २९९ जना आउने भएका छन् ।
महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम जारी छ । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने छ ।
















केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया