इन्डोनेसियाको गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु
मेरोन्यूज
२०८१ असार १९ गते २१:११

इन्डोनेसियाको राजधानीको बाहिरी सहर बेकासीमा बुधबार बिहान फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रारम्भिक रिपोर्टअनुसार स्थानीय समयानुसार बिहान ६ः४५ बजे जटियासिह क्षेत्रमा घरभित्र आगलागी भएको थियो ।
आगो निभाउन कम्तिमा १२ वटा दमकल परिचालन गरिएको बेकासीको दमकल तथा उद्धार एजेन्सीका प्रमुख एसेङ सोलेहुदिनले बताए ।
उनका अनुसार आगलागीबाट एक अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ६१ हजार अमेरिकी डलर) बराबरको क्षति भएको छ ।
यसैबीच, जटियासिहका प्रहरी प्रमुख सुरोतोले आगलागी हुँदा सबै पीडित गोदामको स्नानगृहमा फसेको बताए ।
पीडितहरू भवनबाट बाहिर निस्कन चाहन्थे, तर आगो तीव्ररूपमा फैलिन थालेको र बाहिर निस्कने बाटो अवरुद्ध भएको उनले बताए । घटनाको अनुसन्धान जारी छ ।
सम्बन्धित
















दार्चुलामा गयाे भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया