मुकुल बैठक छाडेर निस्किँदा रास्वपा बैठक स्थगित
मेरोन्यूज
२०८१ असार १९ गते २१:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएकाे छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि सभापति रवि लामिछानेले केहीबेरका लागि बैठक स्थगित गरेका हुन् ।
आज बसेको बैठकमा ३८ जिल्ला पुगेर महामन्त्री ढकालले ल्याएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेको छ ।
बैठकमा सहभागी एक एक नेताका अनुसार आज सबैजसो बोल्ने वक्ताहरुले महामन्त्री केन्द्रित कुराकानी गरिरहेका थिए । उनको कार्यशैलीप्रति तीव्र असन्तुष्ट जनाउँदै नेताहरुले प्रतिक्रिया दिएका थिए।
यता महामन्त्री ढकाल भने आफूलाई केन्द्रीय समितिको बैठकको लाइभ गर्न भनेको नगरिएकाे र आफ्नो वाक स्वतन्त्रता हनन भएको बताइरहेका छन् ।
सम्बन्धित
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया