एमाले मन्त्रीको राजीनामा बुझेपछि प्रधानमन्त्रीले किन गाए फत्तेमान राजभण्डारीको गीत ?
मेरोन्यूज
२०८१ असार १९ गते २१:३३

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सत्ता सहयात्रामा रहेका एमाले मन्त्रीहरुको सामुहिक राजीनामा बुझेका छन् ।
काङ्ग्रेस र एमाले बीचमा नयाँ समीकरण गर्ने समझदारी गरेसगै बुधबार साझ एमाले मन्त्रीहरुले प्रधानमन्त्री समझ राजीनामा बुझाएका थिए ।
दिउँसो एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसगै साझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।
एक एक गरी राजीनामा बुझेपछि प्रधानमन्त्री धेरै बोलेनन् । तर उनले राजीनामा बुझाएका एमाले मन्त्रीहरु लाई यत्ति मात्रै भन्छु भन्दै
फत्तेमान राजभण्डारीको गीत सुनाए ।
प्रधानमन्त्रीको भनाइ उददृत गर्दै एमालेका एक मन्त्रीले भने – `एउटा कुरा मात्र भन्छु ! यस्तो पनि हुँदो रैछ जीन्दगीमा कैले–कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।´
सम्बन्धित
प्रतिक्रिया