ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।
मेयर महर्जनलाई बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।
मेयर महर्जनविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै पत्र काटेको अख्तियारले जनाएको छ ।
मेयर महर्जनलाई अघिल्लो कार्यकालमा २०७८ असार ३१ गतेको उजुरी अनुसन्धानको क्रममा केही बुझ्नुपर्ने भन्दै अख्तियारले पत्र पठाएको हो ।
उनलाई असार २६ गते सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं.३मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ।
बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो । आयोगकी आयुक्त अमात्यको घरमा महानगरले डोजर चलाए लगतै अख्तियारले मेयरलाई पत्र काटेको हो ।

















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया