मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताएका छन् ।
रामेछापको मन्थली नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएका बताए । “विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान सङ्ख्या २० प्रतिशतले बढेको छ, विमानस्थलमा पूर्वाधार थपिँदै गएको छ”, उनले भने ।
मन्त्री तामाङले नागरिक उड्डयन प्राधिकरणलगायत कार्यालयको बजेट निर्माण हुने क्रममा रहेकाले उक्त विमानस्थल प्राथमिकतामा राख्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । ओझेलमा परेका देशभरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने मन्त्री तामाङले बताए ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नयाँ पूर्वाधार निर्माणका कारण मौलिक परम्परा र सम्पदा मासिँदै गएको बताए । उनले पर्यटकीय क्षेत्रको विकास र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकार लागेको उल्लेख गरे । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र मन्थलीको विकासमा बागमती प्रदेशले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थलीलाई पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न खोजेको बताए । उनले खुम्बु क्षेत्रको प्रवेशद्वार मन्थली विमानस्थल, खाँडादेवी, शैलुङ र कालिञ्चोकमा जाने पर्यटकलाई मन्थलीसँग जोड्न गाउँपालिकाले काम गरिरहेको उल्लेख गरे ।
नेपालको बाटो हुँदै भारत–चीन जोड्ने ‘मिड प्वाइन्ट’का रूपमा रहेको मन्थलीले सुनकोशी मरिण डाइभर्सन, साहित्यिक पर्यटन, कृषि तथा वन पर्यटन, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमार्फत लाभ लिन खोजेको नगरप्रमुख श्रेष्ठले बताए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया