भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित-मन्त्री धनबहादुर बुढा

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित रहेको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोज हुनु आवश्यक रहेको बताए । “स्रोतको न्यायोचित वितरण केबल जनसङ्ख्याको आधारमा मात्रै गर्ने परम्पराबाट माथि उठेर भूगोल र भौगोलिक विकटतालाईसमेत मध्यनजर गरी दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरिनुपर्दछ,” उनले भने ।
करिब ४३ हजार जनसङ्ख्या भएको डोल्पामा सहरी विकास मन्त्रालयको कूल बजेटको करिब १।८३ प्रतिशत मात्रै विनियोजन हुनु स्वभाविक, न्यायोचित र जरुरी रहेको उनको भनाइ थियो ।
मन्त्री बुढाले बर्सेनि हजारौँ पर्यटक भित्र्याउन सफल डोल्पाका बासिन्दाले नून र चामलको समेत अभाव झेल्दैआएका उल्लेख गरे। “डोल्पाको भौगोलिक अवस्था र त्यहाँको आवश्यकता अनुसार विनियोजित बजेट अझै प्रर्याप्त छैन,” उनले भने । सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको मर्म र भावनाअनुरुप डोल्पाली जनताका माग केही हदसम्म वर्तमान सरकारले सम्बोधन गरेको उनको भनाइ थियो ।
“विकट डोल्पामा पर्याप्त मात्रामा बजेट विनियोजन गरेर द्रुतगतिमा विकास गर्न आवश्यक छ,” उनले भने । विगतमा पहुँचका भरमा केही निश्चित क्षेत्र र भूगोलका लागि मात्रै बजेट छुट्टयाउने गरेकामा सहरी विकास मन्त्रालयले यस वर्ष बिना स्वार्थ निष्पक्षरुपमा बजेट न्यून पाएका जिल्ला तथा क्षेत्रमा न्यायोचित ढङ्गले आवश्यकता र औचित्यतताका आधारमा मात्रै बजेट विनियोजन गरेको मन्त्री बुढाले बताए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया