राष्ट्रिय जनगणनाको प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकमा २०७५ सालदेखि राष्ट्रिय तथ्यांक कार्यालयले गरेका हरेक क्रियाकलापहरु समावेश गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताए।
बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी नभएको भन्दै तथ्यांकलाई पुँजीको हिसावले लिनुपर्ने उनले बताए।
तथ्यांक राष्ट्रको सम्पती भएकाले तथ्यांकको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो। उनले तथ्यांक कहिल्यै पनि पुरानो नहुने भन्दै तथ्यांकलाई प्रयोग गर्दै जानुपर्ने बताए।
उनले भने, ‘तथ्यांक भनेको एउटा पुँजी हो। तथ्यांकलाई पुँजीको हिसावले लिनुपर्छ। हामीले बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी होइन। तथ्यांक पनि राष्ट्रको सम्पती हो। यो सम्पतीलाई हामीले संरक्षण गर्नुपर्छ। तथ्यांक कहिल्यै पनि पुरानो हुँदैन। यसलाई प्रयोग गर्दै जानुपर्छ। यसले भविष्यको फोरकास्टिङ गर्नका लागि आवश्यक सहयोग गर्छ । यो संस्मरणको यो किताब पनि पुँजीको रुपमा रहनेछ।
यसले आगामी पुस्तालाई यसको विस्तृतीकरण गर्न, लागत अनुमान गर्न, बजेट अनुमान गर्न हाम्रा जनशक्ति कति आवश्यक पर्दछन्, त्यो अनुमान गर्नका लागि, कस्ता कस्ता जोखिमहरू हुँदा रहेछन्, जनगणना गर्ने क्रममा कस्ता जोखिम हामीले व्यहोर्नुपर्यो र आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि यसले गाइडलाइन गर्छ। यो किताबमा हामीले कुनैपनि क्रियाकलापह छुटाएका छैनौँ। २०७५ सालदेखि गरेका क्रियाकलापहरू यो पुस्तकमा छन्।’
उनले पुस्तकमा जनगणना गर्ने क्रममा कस्ता जोखिम आए र व्यहोर्नुपर्यो एवं आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि पुस्तकले दिशा निर्देश गर्ने बताए।













Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया