राष्ट्रिय जनगणनाको प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकमा २०७५ सालदेखि राष्ट्रिय तथ्यांक कार्यालयले गरेका हरेक क्रियाकलापहरु समावेश गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताए।
बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी नभएको भन्दै तथ्यांकलाई पुँजीको हिसावले लिनुपर्ने उनले बताए।
तथ्यांक राष्ट्रको सम्पती भएकाले तथ्यांकको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो। उनले तथ्यांक कहिल्यै पनि पुरानो नहुने भन्दै तथ्यांकलाई प्रयोग गर्दै जानुपर्ने बताए।
उनले भने, ‘तथ्यांक भनेको एउटा पुँजी हो। तथ्यांकलाई पुँजीको हिसावले लिनुपर्छ। हामीले बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी होइन। तथ्यांक पनि राष्ट्रको सम्पती हो। यो सम्पतीलाई हामीले संरक्षण गर्नुपर्छ। तथ्यांक कहिल्यै पनि पुरानो हुँदैन। यसलाई प्रयोग गर्दै जानुपर्छ। यसले भविष्यको फोरकास्टिङ गर्नका लागि आवश्यक सहयोग गर्छ । यो संस्मरणको यो किताब पनि पुँजीको रुपमा रहनेछ।
यसले आगामी पुस्तालाई यसको विस्तृतीकरण गर्न, लागत अनुमान गर्न, बजेट अनुमान गर्न हाम्रा जनशक्ति कति आवश्यक पर्दछन्, त्यो अनुमान गर्नका लागि, कस्ता कस्ता जोखिमहरू हुँदा रहेछन्, जनगणना गर्ने क्रममा कस्ता जोखिम हामीले व्यहोर्नुपर्यो र आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि यसले गाइडलाइन गर्छ। यो किताबमा हामीले कुनैपनि क्रियाकलापह छुटाएका छैनौँ। २०७५ सालदेखि गरेका क्रियाकलापहरू यो पुस्तकमा छन्।’
उनले पुस्तकमा जनगणना गर्ने क्रममा कस्ता जोखिम आए र व्यहोर्नुपर्यो एवं आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि पुस्तकले दिशा निर्देश गर्ने बताए।
















राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया