बिहीबार, वैशाख ११, २०८२

भरूवा बन्दुक सहित पक्राउ

मेरोन्यूज २०८१ असार २० गते १८:५१

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका-६ देवलटाकुरा बस्ने ४४ वर्षीय कमल वलीलाई १ थान भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वलीले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४२ वर्षीय जय बहादुर खड्कासँग पानीको मुहान सफा गर्ने विषयलाई लिई वादविवाद हुँदा हातपात समेत भएको र वादविवाद पश्चात वलीले आफ्नो घरमा गई भरूवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया