भरूवा बन्दुक सहित पक्राउ
मेरोन्यूज
२०८१ असार २० गते १८:५१

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका-६ देवलटाकुरा बस्ने ४४ वर्षीय कमल वलीलाई १ थान भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वलीले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४२ वर्षीय जय बहादुर खड्कासँग पानीको मुहान सफा गर्ने विषयलाई लिई वादविवाद हुँदा हातपात समेत भएको र वादविवाद पश्चात वलीले आफ्नो घरमा गई भरूवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया