भ्रामक समाचारप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति
मेरोन्यूज
२०८१ असार २० गते १९:११

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको प्रधानमन्त्रीको पछिल्लो भेटलाई लिएर एक अनलाइनमा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को असार १८ गतेको पार्टी पदाधिकारी बैठकको निर्णयअनुरुप राजीनामा नदिई संसद्मा प्रस्तुत हुनुपर्ने निर्णयबारे जानकारी दिएको सचिवालयले उक्त समाचारको खण्डन गर्दै स्पष्ट पारेको छ ।
उक्त भेटमा प्रधानमन्त्री दाहालले आफू संवैधानिक प्रक्रियाअनुरुप नै अगाडि बढ्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया