यूरिक एसिड कम गर्ने उपायहरु

यूरिक एसिड यस्तो तत्व हो जुन सबैको शरीरमा बन्छ । यो सन्तुलित मात्रामा उत्पादन भएमा मृगौलले शरीरलाई आवश्यक मात्रामा नियन्त्रण गर्छ । जरुरत भन्दा ज्यादा भयो भने मृगौलाले यसलाई शरीर बाहिर निकाल्दिन्छ । एक आम महिलामा यूरिक एसिडको मात्रा २.४ देखि ६.० एमजी / डिएल हुनुपर्छ ।
त्यस्तै पुरुषमा ३.४ देखि ७.० एमजी/डिएलसम्म हुनुपर्छ । युरिक एसिड ज्यादा हुँदा शरीरलाई खतरा हुन सक्छ । यूरिक एसिडलाई नियन्त्रण गर्न स्ट्रेस कम गर्ने, अल्कोहल सेवन नगर्ने र यूरिक एसिड बढाउन सक्ने खानालाई कम गर्नुपर्छ ।
चिनीको मात्रा कम गर्ने
डाइटमा चिनी र चिनीबाट बनेको परिकारको सेवन कम गर्नुहोस् । गुलियो ड्रिङक्स, सोडा र धेरै गुलियो फलफुलहरु कम खाने प्रयास गर्नुहोस् । गुलियोले यूरिक एसिड ज्यादा बन्न सक्छ ।
मासुका परिकार कम खानुहोस्
जसको शरीरमा यूरिक एसिड सजिलै बढिरहेको हुन्छ । उनीहरुले ननभेज मासुका परिकार कम खाने प्रयास गर्नुपर्छ । खास गरि आफ्नो भोजनमा सी फुड कम गर्नुपर्छ ।
अल्कोहल नखानुहोस् अल्कोहल जति धेरै सेवन गर्नुहुन्छ , त्यति नै शरीरलाई नोक्सान हुन्छ । अल्कोहलले शरीरलाई डिहाइड्रेड गर्छ । यसले मृगौलाको कार्यलाई असर पुर्याउँछ । जसले गर्दा मृगौलाले यूरिक एसिड फिल्टर गर्न सक्दैन् ।
स्ट्रेस कम गर्नुहोस् खाना सँगसँगै स्ट्रेसबाट पनि टाढा रहनु जरुरी छ । स्टे«सले पुरै शरीरको कार्यप्रणालीलाई असर गर्छ । जसको नराम्रो नतिजा स्वास्थमा देखिन्छन् ।
















उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया