बुधबार, वैशाख १०, २०८२

आज सुनको मूल्यमा वृद्धि , तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८१ असार २१ गते ११:२१

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु १ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु १ सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु १ लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ४३ हजार ७ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ

प्रतिक्रिया