युरोकपको क्वाटरफाइनलमा आजराती पोर्चुगल र फ्रान्स भिड्दै

काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजेदेखि शुरु हुने छ ।
पोर्चुगलले राउण्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३-० गोलले विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै फ्रान्सले भने राउण्ड १६ मा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
२०१६ को फाइनलमा खेलेका पोर्चुगल र फ्रान्सबीच यस युरोकपको क्वाटरफाइनलमा नै भेट भएपछि यो खेल रोमान्चक हुने भएको छ ।
पोर्चुगलले अहिलेसम्म एक पटक २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै पोर्चुगल त्यसअघि २००४ मा फाइनलमा पुगेर पराजित भएको थियो ।फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो ।
अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।
यस खेलमा आफ्नो अन्तिम युरोकप खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रमुख आकर्षण हुने छन् । पछिल्लो खेलमा स्लोभेनियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि भावुक भएर मैदानमै रोएका रोनाल्डो यस खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने अवसर रहेको छ ।
त्यस्तै यस प्रतियोगितामा खासै प्रभाव देखाउन नसकेका फ्रान्सका किलीयन एम्बाप्पेका लागि पनि आफ्नो क्षमता देखाएर आफ्नो देशलाई सेमिफाइनलमा पुर्याउने अवसर रहेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया