पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक

काठमाडौँ । पत्रकार सुशील दर्नालद्वारा लिखित ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा नेपालको संविधानले दलित समुदायका अधिकार सुनिश्चित गरिएको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस) मा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पछि परेको दलित समुदायको भौतिक सहभागितालाई अध्ययन गरिएको छ ।
राससमा सम्प्रेषण गरेका दलितसम्बन्धी समाचारलाई विश्लेषण, राससको ऐन, विनियमावली, सम्पादकीय नीति र अन्य दलितसम्बन्धी व्यवस्थालाई समेत हेरिएको छ ।
“विसं २०७५ वैशाख, जेठ र असारमा क्रमशः एक दशमलव ०३, शून्य दशमलव ७९ र शून्य दशमलव ७३ प्रतिशत दलितसम्बन्धी विषयवस्तु सम्प्रेषण भएको देखियो, तीन महिनामा सम्प्रेषित दलितसम्बन्धी जम्मा समाचार सङ्ख्यामध्ये सबैभन्दा बढी सकारात्मक विभेद तथा सुधारका प्रयाससम्बन्धी समाचार सम्प्रेषण भएको देखियो ।
फलोअप समाचार कम देखियो”, पुस्तकमा भनिएको छ । राससको कूल दरबन्दीमा दलित समुदायको सहभागिताबारे पनि उल्लेख गरिएको छ । जसमा राससको कूल दरबन्दीमा एक दशमलव ८६ प्रतिशत मात्रै दलित समुदायको प्रतिनिधित्व छ ।
राससले दलित र समाजमा पछि परेका समुदायको समाचार सम्प्रेषणका लागि ठोस नीति तय गर्नुपर्ने पुस्तकमा औँल्याइएको छ ।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया