प्रेम आलेपछि सांसद किसन श्रेष्ठ पनि एकीकृत समाजवादीमा असन्तुष्ट

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिभएकोप्रति तीव्र असन्तुष्टी सुरु भएको छ ।
समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृति हावी भएको भन्दैं असन्तुष्टी जनाएका छन् । ‘वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेसनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो,’ उनले भने ।
यसअघि आज अर्का सांसद प्रेम आलेले पनि असन्तुष्टि जनाउँदै आफु एकीकृत समाजवादीमा नरहने घाेषणा गरेका थिए ।
आफूहरुले एमालेभित्र देखिएको हैकमवाद विरुद्ध विद्रोह गरेर समाजवादी निर्माण गरेको उल्लेख गर्दै सांसद किसन श्रेष्ठले पार्टीलाई गतिशील नबनाउने दावी गरे । ‘हामीले एमालेभित्र हैकमवाद र व्यक्तिवाद हावी भएको भन्दैं विद्रोह गरेर एकीकृत समाजवादी बनाएका हौं,’ उनले भने, ‘विद्रोहबाट जन्मिएको समाजवादीमा त्यही प्रवृत्ति पुनरावृत्ति हुँदा यसले पार्टीलाई पार्टीजस्तो र गतिशील बनाउँदैन् ।’ सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔं भन्दा सुनुवाई नभएको बताउँदैं समाजवादीको महाधिवेसन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दैं व्यंग्य कसे ।
समाजवादीको १६ असारदेखि काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेसनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । तर, अन्य पदमा निर्वाचनको माग भएपनि अध्यक्ष मण्डलले महाधिवेसनबाट ९३ सदस्यीय केन्द्रीय समिति गठन गरेर महाधिवेसन समापन गरेको छ ।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पछि छान्ने गरी महाधिवेसन सकिएको हो । यसले नेतालाई टेष्ट गर्ने प्रणाली ध्वस्त भएको र टीका लगाइदिने प्रणाली विकास भएको भन्दैं अधिकांश प्रतिनिधीहरु असन्तुष्ट छन् ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया