प्रेम आलेपछि सांसद किसन श्रेष्ठ पनि एकीकृत समाजवादीमा असन्तुष्ट

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिभएकोप्रति तीव्र असन्तुष्टी सुरु भएको छ ।
समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृति हावी भएको भन्दैं असन्तुष्टी जनाएका छन् । ‘वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेसनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो,’ उनले भने ।
यसअघि आज अर्का सांसद प्रेम आलेले पनि असन्तुष्टि जनाउँदै आफु एकीकृत समाजवादीमा नरहने घाेषणा गरेका थिए ।
आफूहरुले एमालेभित्र देखिएको हैकमवाद विरुद्ध विद्रोह गरेर समाजवादी निर्माण गरेको उल्लेख गर्दै सांसद किसन श्रेष्ठले पार्टीलाई गतिशील नबनाउने दावी गरे । ‘हामीले एमालेभित्र हैकमवाद र व्यक्तिवाद हावी भएको भन्दैं विद्रोह गरेर एकीकृत समाजवादी बनाएका हौं,’ उनले भने, ‘विद्रोहबाट जन्मिएको समाजवादीमा त्यही प्रवृत्ति पुनरावृत्ति हुँदा यसले पार्टीलाई पार्टीजस्तो र गतिशील बनाउँदैन् ।’ सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔं भन्दा सुनुवाई नभएको बताउँदैं समाजवादीको महाधिवेसन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दैं व्यंग्य कसे ।
समाजवादीको १६ असारदेखि काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेसनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । तर, अन्य पदमा निर्वाचनको माग भएपनि अध्यक्ष मण्डलले महाधिवेसनबाट ९३ सदस्यीय केन्द्रीय समिति गठन गरेर महाधिवेसन समापन गरेको छ ।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पछि छान्ने गरी महाधिवेसन सकिएको हो । यसले नेतालाई टेष्ट गर्ने प्रणाली ध्वस्त भएको र टीका लगाइदिने प्रणाली विकास भएको भन्दैं अधिकांश प्रतिनिधीहरु असन्तुष्ट छन् ।
प्रतिक्रिया