पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः स्थगित भएको छ ।
शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जनाएको हो । सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिने भनि यसअघि नै सुचना प्रकाशन गरिएको विदितै छ ।
निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’
यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो ।

















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया