नारायणी नदिमा फसेका २ जनाको सशस्त्र प्रहरीको गोताखोरद्वारा सकुशल उद्दार

काठमाडौं । असार २२ गते सांझ पूर्वी नवलपरासी, गैडाकोट नगरपालिका-६ बुटवल बजार स्थित नारायणी नदिको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करिब ५ घन्टा पछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्दार गरेको छ ।
माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राती सबा १० बजे सकुशल उद्दार गरेको हो ।
घटना बारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पुर्बी नवलपरासी बाट १५ जनाको टोली खटाइएकोमा उद्दार हुन नसकेपछी कुरिनटारबाट गोताखोर पठाइएको थियो ।
उद्दार गरिएका हरुमा गैंडाकोट नगरपालिका -५ बस्ने ५० बर्षका ओम बहादुर गुरुङ र ४२ बर्षका खुम बहादुर गुरुङ रहेका छन् । बाढिमा फसेका बर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएका थिए ।


















दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया