देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधैँ एक हुन्छन् : याेगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउँमा आएको बताएका हुन् ।
देश आर्थिक रुपमा संकटमा रहेको, संबिधानका केहि विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।
उनले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफुहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाए ।
उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नुनै सहि निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरेका थिए ।
सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।
















आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया