‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’

सिरहा । लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसैगरि जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यायलयको भौतिक संरचना निर्माण र स्तरोन्नत्तिमा ध्यान दिन आग्रह गरिएको छ ।
नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउनका लागि एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र प्रति कक्षा पङ्खाको अवधारणा लागू गर्न आर्थिक वर्ष २०७९/८० मा रु ६ करोड र चालू आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड विनियोजन गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
नगरप्रमुख चौधरीका अनुसार यस वर्ष तीन सय ३० बेन्च र ३६ कम्प्युटर तथा प्रिन्टर वितरण गरिएको छ । विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । “प्रविधिमैत्री बनाउन र साधनस्रोत कम भएका विद्यालयलाई आवश्यकताका आधारमा नगरले सहयोग गर्दैआएको छ”, उनले भने ।
एक विद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत एक सय २५ स्वयम सेवक शिक्षक भर्ना गरिएको छ । नगरका ५९ सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर सुधार गर्न प्रयत्नशील रहेको नगरप्रमुख चौधरीले बताए ।
सहिद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले नगरपालकाको नियमित अनुगमनबाट शैक्षिक सुधार गर्न हौसला मिलेको बताए ।
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया