बुधबार, वैशाख १०, २०८२

रुसको राजधानी मस्को पुगे भारतीय प्रधानमन्त्री मोदी

मेरोन्यूज २०८१ असार २४ गते १८:५०

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुसको राजधानी मस्को पुगेका छन् ।

मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा रुस गएका हुन् । उनी दुई दिन रुसमा रहने छन् ।

प्रधानमन्त्री मोदी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औँ भारत–रुस शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ गएका हुन् । दुई शक्तिशाली देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने रुसले जनाएको छ ।

प्रतिक्रिया