इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ बेपत्ता

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएको विपद् व्यवस्थापन निकाय एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।
भारी वर्षाले शनिबार मध्यरातमा रिजेन्सीमा अवस्थित खानीमा पहिरो तथा आकस्मिक बाढी निम्त्याएकाले खनिक शिविरहरूमा ठोक्कादा तिनीहरूलाई बगाएको क्षेत्रीय विपद् व्यवस्थापन निकायको परिचालन एकाईका प्रमुख अच्रिल बेबीओङ्गोले बताए ।
यस अभियानमा स्थानीय खोजी तथा उद्धार विभागका करिब १८० जना कर्मचारी, सैनिक, प्रहरी र विपद् एजेन्सीका कर्मचारीहरू संलग्न रहेको बेबीओङ्गोलको भनाइ छ ।
गोरोन्टालो खोजी र उद्धार टोलीका प्रमुख हेरियान्तोले सोमबार खनन स्थलको दुर्गम स्थान र चुनौतीपूर्ण सडक अवस्थाले खोजी प्रयासमा बाधा पुरÞ्याएको बताउदै भाँचिएका पुलहरूका कारण सवारी साधनहरूद्वारा दुर्गम थिए र पैदल यात्रा आवश्यक भएको बताए ।
क्षेत्रीय विपद् व्यवस्थापन एजेन्सीले पाँच उप–क्षेत्रका २८८ घरहरू प्रभावित भएको र मुख्यतया माटो र भग्नावशेषले भरिएको जनाएको छ भने प्रकोपबाट कम्तीमा एक हजार २९ जना प्रभावित भएका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया