रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एक जना बेपत्ता

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानको नदी किनारमा एकमहिला एक पुरुष गरी दुई जनाको शव बरामद भएको छ । प्रहरीका अनुसार अझै एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजीकार्य जारी रहेको छ ।
गरुडा नगरपालिका ५ महमदपुरका २२ बर्षीय अनिल कुमार यादव गाउँछेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजीकार्य सुरु गरेको छ । क्षारे रोगबाट ग्रसित यादव आज बिहान सौच गर्न जाँदा दिउँसो सम्म घर फर्केर नआएपछि घरको मानिसले खोजी गर्दै जाँदा तलाउ किनारमा उसको गम्छा भेटेका थिए । क्षारे रोगी अनिल सौच गरेर खोला किनारमा गएको समय उनलाई रोगले मुर्छित पारेपछि तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने पीडित परिवारको आशंका रहेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार, हेक्वाबाट विपद तथा उद्धार सम्बन्धी सामग्री लिएर गएको टोली र ईलाका प्रहरी कार्यालय गरुडाका संयुक्त टोलीले तलाउमा अनिलको खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातिले बताएका छन् ।
उता जिल्लाको पूर्विभेग माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आईतवार एकजना पहिचान नखुलेको ५३ बर्षीय पुरूषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन ।
त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित झाँझ खोला किनारमा आज एकजना अपरिचित ३० बर्षिया महिलाको शव बरामद भएको छ । स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । महिला र पुरुष दुवै शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन ।
यस पटकको मनसुन सुरु भएयता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया