युरोकपको सेमिफाइनलमा आजराती स्पेन र फ्रान्स भिड्दै

काठमाडौँ । जारी युरोकपको सेमीफाइनलको पहिलो खेल आजराती हुदै छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले अपराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
स्पेन र फ्रान्सबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ पटक जितेको छ भने फ्रान्सले १३ पटक जितेकोछ । त्यस्तै दुवै बीचका ७ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो ।
यस युरोकपको समग्र प्रदर्शनमा फ्रान्स भन्दा स्पेन अगाडी देखिएको छ । स्पेनका लागि प्लेमेकर पेड्रीको अभाव खड्किने छ । तर क्वाटरफाइनलमा उनको स्थानमा आएका डानी ओल्मोको प्रदर्शनले जर्मनीलाई पराजित गरेपछि स्पेनको आत्मविश्वास झन् बढेको छ ।
त्यस्तै फ्रान्सका लागि सबै भन्दा बढी चिन्ताको विषय कप्तान किलीयन एम्बाप्पेको प्रदर्शन हो । एम्बाप्पेले यस सिजनमा पेनाल्टीबाट एक गोल मात्र गरेका छन् । फ्रान्सले यस प्रतियोगितामा पोल्याण्डविरुद्धको सो गोल बाहेक अन्य अफिसियल गोल गरेको छैन ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया