नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिन्छः महासेठ

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिने बताएका छन् ।
ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महाशेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर हुने हो भने त्यो सम्भव रहेको बताएका हुन्।
युवाहरूको विदेशी कलेजमा पढ्ने सपनालाई, विदेशका कलेजहरू नेपालमा नै ल्याएर पुरा गरिदिएको भन्दै उनले कलेजको प्रशंसा गरे ।
नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको अभिन्न अङ्ग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।
दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षालाई देशको समुन्नतिमा योगदान गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
त्यसै गरी क्याम्पसका अध्यक्ष ई। पंकज जालानले भुटान र भारतका विद्यार्थी पनि आफ्नो कलेजमा अध्ययनरत रहेको भन्दै स्टुडेन्ट भिसामा सहजिकरण गरेर सहयोग गर्न सरकारसँग आग्रह गरे।
दीक्षित विद्यार्थीलाई बधाई दिँदै उनले आफ्नो ज्ञान देश बनाउनमा लगाउन समेत आग्रह गरेका हुन् ।
दीक्षान्त समारोहमा क्याम्पसका बी।एस।सी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बि.ए बिजनेस एडमिनिस्ट्रेसन अध्ययन गरेका ५२ विद्यार्थी दीक्षित भएका छन् ।
पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया