नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिन्छः महासेठ

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिने बताएका छन् ।
ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महाशेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर हुने हो भने त्यो सम्भव रहेको बताएका हुन्।
युवाहरूको विदेशी कलेजमा पढ्ने सपनालाई, विदेशका कलेजहरू नेपालमा नै ल्याएर पुरा गरिदिएको भन्दै उनले कलेजको प्रशंसा गरे ।
नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको अभिन्न अङ्ग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।
दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षालाई देशको समुन्नतिमा योगदान गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
त्यसै गरी क्याम्पसका अध्यक्ष ई। पंकज जालानले भुटान र भारतका विद्यार्थी पनि आफ्नो कलेजमा अध्ययनरत रहेको भन्दै स्टुडेन्ट भिसामा सहजिकरण गरेर सहयोग गर्न सरकारसँग आग्रह गरे।
दीक्षित विद्यार्थीलाई बधाई दिँदै उनले आफ्नो ज्ञान देश बनाउनमा लगाउन समेत आग्रह गरेका हुन् ।
दीक्षान्त समारोहमा क्याम्पसका बी।एस।सी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बि.ए बिजनेस एडमिनिस्ट्रेसन अध्ययन गरेका ५२ विद्यार्थी दीक्षित भएका छन् ।
पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया