सुदूरपश्चिमपछि मधेसमा पनि माओवादी संसदीय दलको नेता परिवर्तन गर्न गुटबन्दी

जनकपुरधाम । मधेश प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
मधेशमा रहेका माओवादीका ९ मध्ये ६ सांसदले साहविरूद्ध अविश्वासको प्रस्ताव उपनेता युवराज भट्टराईसमक्ष पेश गरेका हुन्।
प्रस्ताव दर्ता गराउनेमा माओवादी संसदीय दलका प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी रहेका छन् ।
लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिइसकेका छन्।
यसअघि सुदूरपश्चिम प्रदेशमा पनि माओवादी संसदिय दलका नेता रहेका खगराज भट्टलाई हटाउन प्रश्ताव भएकाे थियाे । जसमा माओवादीका ११ मध्ये ६ सांसदले हस्ताक्षर गरेका थिए । त्यसपछि उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन गरेका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया