कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पूर्तिघाट सडक सञ्चालनमा

गुल्मी। पहिरोले पाँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो ।
गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो कालीगण्डकी गाउँपालिका र कालीका कन्ट्रक्सनको सहयोगमा हटाएपछि सडक सुचारु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।
गुल्मीको पुर्तिघाट खण्डसम्म सडक सञ्चालनमा आए पनि बागलुङतर्फ जाने सडक अझै अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।
आइतबारदेखि अवरुद्ध मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास‐रिडी सडकखण्ड मंगलबार बिहानदेखि सञ्चालनमा आएको छ । उक्त सडकखण्डको गुल्मी दरबार गाउँपालिका–४ स्थित वीरबासमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो ।
सडक सुचारु भएसँगै बीचमा रोकिएका सवारी साधन गन्तव्यतिर लागेका छन् । वर्षाका कारण अधिकांश ग्रामीण सडकमा पहिरोले क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा बाढीपहिरोको प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।
कुनै समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्थानीय पालिका वा प्रशासनमा खबर गर्न सूचना प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
















नवलपुरका मतदाता भन्छन् – चुनावी बाचा केही पूरा भए, केही अधुरै छन्
रामेछापमा बस दुर्घटना अपडेटः ९ जनाको मृत्यु, चालकसहित ८ घाइते
बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया