गृहमा लेखक, अर्थमा पौडेल र परराष्ट्रमा आरजुको चर्चा

काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नयाँ सरकार गठनको तयारी थालिएको छ ।
दुई दलबिच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । जसमा कांग्रसले गृहसहित १० मन्त्रालय लिने भएको छ भने एमालेले अर्थसहित ९ मन्त्रालय पाउने भएको छ । बाँकी रहेका मन्त्रालयमा अन्य दलहरुलाई समेत समेटेर लैजाने दुईदलबीच सहमती भएको छ ।
ओली नेतृत्वको सरकारमा कांगेसबाट गृहमन्त्रीका रुपमा रमेश लेखकको चर्चा भइरहेको छ । पछिल्लो पटक भइरहेको राजनीतिक घटनाक्रममा सक्रिय देखिएका लेखक देउवाका विश्वापात्र हुन् । संसदीय राजनीतिमा परिपक्व देखिएका नेता लेखक ठूला दलहरुबीच समन्वय गर्ने भूमिकामा पनि सक्रिय छन् । लेखकलाई गृहमा पठाउन ओली पनि सकरात्मक रहेकाे बुझिएकाे छ ।
यस्तै अर्थमन्त्रालयमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नाम चर्चामा छ । पौडेल यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि अर्थमन्त्री भएका थिए । तर कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै एमाले सरकारबाट बाहिरिएकाे थियाे ।
एमालेमा पछिल्लाे घटनाक्रममा सक्रिय नेताका रुपमा शंकर पाेखरेल रहेपनि उनी सांसद नभएका कारण पार्टीले पाैडेललाई पठाउन लागेकाे हाे ।
कांगेस सांसद आरजु देउवा राणा पनि यो पटक मन्त्री बन्ने दौडमा छिन् । स्रोतका अनुसार उनी परराष्ट्र मन्त्री बन्ने लगभग पक्का जस्तै छ ।
नेकपा एमाले र अशोक राई नेतृत्वको जसपाले सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकार ढल्ने करिब निश्चत छ । प्रचण्डले यही असाढ २८ गते संसदबाट विश्वासको मत लिँदैछन् । बहुमत सांसदबाट विश्वासकाे मत नपाएकाे खण्डमा प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त हुनेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
















वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह
मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै
बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया