शनिबार, वैशाख १९, २०८३

मुलुकको विकासमा बाधा पुगेपछि कांग्रेस-एमाले गठबन्धन : डा महत

मेरोन्यूज २०८१ असार २६ गते १९:५१

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताएका छन् ।

Advertisement
NiccNicc

नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आज यहाँ आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उनले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताएका हुन् । पूर्वअर्थमन्त्री डा महतले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे ।

उनले राजनीतिक दलमा आवद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने जिकिर गरे । “हरेक कुरामा राम्रो सम्भावना भएको नेपालजस्तो देश संसारमा अर्को भेट्टाउन सकिँदैन । त्यसैले सबैजना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिन्छ”, उनले भने,“विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ । निराशा र देखासिकीले देश बन्दैन ।”

प्रतिक्रिया