बिहीबार, पुष ३, २०८२

बारामा बस दुर्घटनामा घाइते भएका १३ जनाको सकुशल उद्धार

मेरोन्यूज २०८१ असार २७ गते १४:१३

बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै असार २७ गते भएको सवारी दुर्घटनामा परी घाईते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

मलंगवाबाट बिरगंजतर्फ जादै गरेको नं. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार रहेका थिए ।

सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा जुटेको थियो । गम्भिर घाईते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीद्वारा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ ।

प्रतिक्रिया