मण्डनदेउपुरमा मालबाहक यातायातका साधन सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।
वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
बुधबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएपछि रामेछाप, दोलखा, सिन्धुपाल्चोकका सवारीसाधनको नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा चाप बढेको थियो ।
मण्डनदेउपुरले उक्त सडकखण्डको केही स्थानमा अझै कालोपत्र गर्न बाँकी रहेकाले सडकको क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा सडक बिग्रन गई पहिराको जोखिम बढ्ने भएकाले मालवाहक यातायातका साधनलाई रोक लगाइएको नगरप्रमुख टोकबहादुर वाइबाले बताए।
यस्तै नगरले हिगुवापाटी–गैह्रीबिसौना–नगरकोट सडकमा एम्बुलेन्स तथा आकस्मिकबाहेकका सवारीसाधन सञ्चाचलनमा रोक लगाइएको उनले बताए। अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा यातायातका साधन फसेका तथा स–साना पहिरा गएकाले बुधबार बिहानदेखि अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त राजमार्गमा अनिश्चितकालका लागि टिपर सञ्चालनमा रोक लगाएको छ ।
प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन बाटोमै थन्किएका बताए।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया