जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
मेरोन्यूज
२०८१ असार २७ गते १७:०१

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीको विहिबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतले यस अघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
तर कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि मधेश प्रदेशको सरकार बचाउन नयाँ गठबन्धनमा लाग्ने संकेत गरेको छ ।
अर्कोतर्फ कांग्रेस-एमालेबीचको सहमतिमा पनि ३-३ प्रदेश भागबन्डा गरेपनि मधेश प्रदेश मधेश केन्द्रित दललाई दिने सहमति गरेका छन् । प्रतिनिधि सभामा जनमतका ६ सांसद रहेका छन् ।
सम्बन्धित
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया