साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)केन्द्रीय सङ्गठन विभागको अठारौँ बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित हुनेगरी सङ्गठनसम्बन्धी वार्षिक कार्ययोजना पारित गरेको छ ।
पार्टीको केन्द्रीय कमिटीद्वारा जारी हुने वार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिम रूप दिनेगरी विभागको बैठकमा प्रस्तुत कार्ययोजना छलफलपछि परिमार्जनका साथ पारित गरिएको विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
यही असार २५ र २६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा भएको विभागको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल उपस्थित थिए।एमालेमा गत जेठसम्ममा नेकपा (एमाले)का ६६ जिल्ला, तीन सय ७१ पालिका र दुई हजार एक सय ९९ वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।
त्यसैगरी गैरभौगोलिक १० जिल्ला, एक सय १५ इलाका र एक सय ६६ शाखा तहका पार्टी कमिटीका अधिवेशन सम्पन्न भइसकेका छन् ।एमालेको बुधबार सम्पन्न सचिवालयको बैठकले आगामी कात्तिकभित्र बाँकी ११ जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया