मौलापुरमा चट्याङ लागेर एक महिलाको मृत्यु
मेरोन्यूज
२०८१ असार २७ गते १९:२०

रौतहट । रौतहटको मौलापुर नगरपालिका अन्तर्गत चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज विहिबार दिउँसो परेको पानी संगै चट्याङ लागेर मौलापुर ८ सोनरनिया गाउँको रामायण बैठा धोबीको श्रीमती ५५ वर्षिय धरोहरी देवीको मृत्यु भएको हो ।
खेतमा धान रोप्ने क्रममा एक्कासी चट्याङ लागेर धरोहरी देवीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका सई कृष्ण साहले बताएका छन।
जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको जानकारी दिएकी छिन् ।
सम्बन्धित












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया