रौतहटमा जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, २ जनाको मृत्यु

रौतहट । रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन ।
मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन ।
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जादै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।
उक्त गाडीमा जम्मा १२ जना सवार सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन। दुर्घटनामा
काठमाण्डौ घर भएका बर्ष ५५ को कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पण्डितलाई गम्भिर अवस्थामा उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएकोमा उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको डिएसपी त्वातीले जानकारी दिएका छन ।
चक्रघटाकै बर्ष २५ को अमलेश ठाकुर दाहिने खुट्टा, छाती,घाँटीमा चोट अवस्था प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । गाडी चालकको नाम ठेगाना नखुलेका तथा उनी सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया