जनकपुरमा एक वडा एक पोखरी निर्माण तथा सौन्दर्यीकरण गरिने

काठमाडौँ ।जनकपुर उपमहानगरपालिकाले प्रत्येक वडामा एक वडा एक पोखरी निर्माण तथा सौन्दर्यीकरण गर्ने नीति सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाको १२औँ नगरसभामा उपमहानगरपालिकाद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सडकमा पार्किङ व्यवस्था गर्ने, मैथिली भाषा साहित्य प्रवद्र्धनका लागि मिथिला सांस्कृतिक प्रतिष्ठान गठन गर्ने, एक वडा एक खेलको अवधारणाअनुसार खेलकुद पूर्वाधार निमार्ण गर्ने एवं प्रत्येक दुई वर्षमा बृहत् खेलकुद महोत्सव आयोजना गरिने र प्रत्येक वर्ष शैक्षिक मेलाको आयोजना गरिने उल्लेख गरिएको छ ।
साथै उपमहानगरपालिकाकाले रु ३० लाखसम्मको करदाताको सम्पत्ति करमा ३४ प्रतिशत छुट दिने, आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र सम्पत्तिकर बुझाउने पुरुषलाई पाँच प्रतिशत तथा महिलालाई १० प्रतिशत छुट दिने तथा अनलाइनबाट कर तिर्ने प्रणाली स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सो नीति तथा कार्यक्रममा जनकपुरधामलाई सफा, स्वच्छ, सुन्दर तथा सुसंस्कृत बनाउने उद्देश्यसहित बृहत् सेनेटरी ल्यान्डफिल साइट स्थापना गरेर सञ्चालनमा ल्याइने र नगरभित्र विभिन्न स्थानका फोहर सङ्कलन केन्द्र राखिने बताइएको छ ।
लामखुटे नियन्त्रणका लागि विशेषज्ञहरुसँग सल्लाह गरेर अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको उपमहानगरपालिकाले जनाएको छ ।













रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रतिक्रिया