अनलाइन ठगी गर्ने महिला पक्राउ
मेरोन्यूज
२०८१ असार २९ गते १३:०१

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।
निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् ।
पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
सम्बन्धित










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया