बुधबार, पुष २, २०८२

कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण

मेरोन्यूज २०८१ असार २९ गते १५:१२

उदयपुर । वर्षापछि उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधमा क्षति पुगेको छ । यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण थालिएको छ ।

त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ । स्थानीयवासीसहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए ।

झन्डै ३०० मिटर लम्बाइ र १० मिटर चौडाइको भित्रपट्टिको भूभाग बरुवा नदीले कटान गरेको थियो । बोरामा बालुवा र ढुंगा राखेर तारजालीले बाँधेर अस्थायी तटबन्धन निर्माण गरिएको हो ।

त्रियुगा नगरपालिकाका वडा नम्बर–११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम अन्त्य भएको बताइएको छ ।

प्रतिक्रिया