शुक्रबार, वैशाख १८, २०८३

लोसपा सरकारमा सहभागी हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

मेरोन्यूज २०८१ असार २९ गते १७:५६

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

Advertisement
NiccNicc

पार्टी कार्यालय बबरमहलमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ।

बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए।

प्रतिक्रिया