खेम बतासको बुढीपोल्ली र रंगा बिष्ट नेगीको सवाल कृतिमाथि परिचर्चा

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले २११औं भानु जयन्ती मनाउँदै खेम बतासको कथासंग्रह बुढीपोल्ली र गंगा बिष्ट नेगीको सवाल गजल संग्रहमाथि परिचर्चा गरेको छ।
साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीका उपलक्ष्यमा प्रभातफेरी गर्नुका साथै पुस्तकमाथि परिचर्चा गरेको हो। प्रभातफेरी भानुभक्तीय रामायणका श्लोकले गुन्जाएमान पारिएको थियो।
साहित्य समाजको प्रांगणमा रहेको भानुभक्त आचार्यको पूर्णकदको शालिकमा प्रमुख अतिथि पुनर्बास नगरपालिका कंचनपुरका नगरप्रमुख तोयराज शर्माले माल्यापर्ण गरेका थिए।
यसका साथै आख्यानकार बतासको कथासंग्रह बुढीपुल्ली र गजलकार बिष्टको सवाल गजलसंग्रहमाथि परिचर्चा गरिएको थियो। समाजमा व्याप्त जातीय विभेद र छुवाछुत, लैंगिक असमानता, वर्गीय र सांस्कृतिक उत्पिडनविरूद्ध लेखिएको बुढीपोल्लीको समीक्षा साहित्यकार तुलसी शर्मा र नरेन्द्र भट्टले गरेका थिए। त्यस्तै सवाल गजलसंग्रहमाथि साहित्यकार नारा जोशी र सिर्जन श्रीले समीक्षा गरेका थिए।
आदिकविको व्यक्तित्व र कृतित्वमाथि प्राध्यापक गणेशराज जोशीले प्रकाश पारेका थिए। कार्यक्रममा प्रख अतिथि शर्माले यस क्षेत्रको भाषा, साहित्य कला र संस्कृतिको उन्नयन गर्न सबैले आ-आफ्नो क्षेत्र र तर्फबाट लाग्नुपर्ने बताए। कला, साहित्यको विकासका लागि नगरपालिकाले पनि सक्दो काम गर्ने उनले बताए। पुनर्बास नगर उपप्रमुख भुलिया रानाले आदिकविको योगदानको स्मरण गर्दै परिचर्चा भएका कृति सबैले पढ्नैपर्ने बनाइन्।
साहित्यकार रामचन्द्र नेपालले भौगोलिक रूपमा एकीकरण भएको देशलाई भानुभक्तले भावनागत रूपमा एकीकरण गरि आज नेपालीहरू विश्वमा जहाँ पुगेका छन् त्यहाँ भानुभक्तको पदार्पण भएको र नेपाली भाषाको उन्नयन भइरहेको बताइन्।
कार्यक्रममा चैतन्य पाठशाला कक्षा तीनकी विद्यार्थी विज्ञा भट्ट र कवि मनोज साउद विवशले कविता वाचन गरेका थिए। मन्जु गिरी, सरस्वती दहाल र सुधा चाडले गीत गाएका थिए। समाजका अध्यक्ष तीर्थराज पाडेयको अध्यक्षता सम्पन्न कार्यमा स्वागत भाषण उपाध्यक्ष रुपा स्वारले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव गणेश नेपालीले गरेका थिए।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया