पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी विवाहको अभियोगमा दोषी ठहर गरिएको मुद्दालाई पाकिस्तानको एक अदालतले शनिबार उल्ट्याएको छ ।
फेब्रुअरीको चुनावअघि नै दोषी ठहर गर्दै खानलाई सत्तामा फर्कन नदिनका लागि मुद्दा चलाइएको उनको भनाइ छ ।
ती सबै मुद्दाहरू अब कम्तिमा आंशिक रूपमा भएपनि फिर्ता लिएका छन् । राजद्रोहको अभियोगमा अप्रिलमा एक दशकको जेल सजायलाई उल्टाइएको छ भने जूनमा १४ वर्षको भ्रष्टाचारको सजाय निलम्बित गरिएको छ । यद्यपि, उहाँमाथि लगाइएका कतिपय आरोप अझै पनि कायम छन् ।
पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई इस्लामिक कानुनको उल्लङ्घन गर्दै सम्बन्धविच्छेद भएको केही समयपछि विवाह गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको थियो ।
तर इस्लामाबाद अतिरिक्त जिल्ला अदालतका न्यायाधीश अफजल माजोकाले शनिबार खान र बीबी दुवैको अपिल स्वीकार गरिएको घोषणा गरेका छन् ।
यसैबीच, पूर्वप्रधानमन्त्री खानले सन् २०२३ को मे महिनामा दङ्गा भड्काएको आरोपमा पूर्वी लाहोरको एक अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)का प्रवक्ता अहमद जान्जुआले बताएका छन् । प्रवक्ता जान्जुआले एक विज्ञप्ति जारी गर्दै थुनामा राख्ने गैरकानुनी आदेशलाई लम्ब्याउने अर्को ‘नौटङ्की’ भएको बताए ।
यसै महिनाको सुरुमा संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक समितिले खानलाई हिरासतमा लिनुमा कुनै कानुनी आधार नभएको र उहाँलाई राजनीतिक पदका लागि अयोग्य ठह¥याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो ।
“सुरुदेखि नै त्यो अभियोजन कानुनमा आधारित थिएन र राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको थियो”, जान्जुआद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “करिब एक वर्ष जेलमा बिताएपछि उनलाई तत्काल रिहा गर्न माग गरिएको छ ।”
खानप्रति वफादार उम्मेदवारहरूले राष्ट्रिय चुनावमा सबैभन्दा बढी सिट जितेका थिए, तर सेनाको निकट मानिएका प्रतिद्वन्द्वी दलहरूको गठबन्धनले उनीहरूलाई सरकारबाट बाहिर राखेको थियो ।
खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया