सिमलताल घटना: ५८ जना अझै बेपत्ता

हेटौँडा | नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान घटेको पहिरो घटनामा परेका दुई बसका ५८ जना यात्रु अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। घटनामा परेका कुल ६५ यात्रुमध्ये ३ जना पौडेर बाँच्न सफल भएका र ४ जनाको शव फेला परेको छ।
प्रशासनका अनुसार, दुवै बसमा चलानीमा उल्लेख गरिएको भन्दा १५ जना बढी यात्रु रहेको पाइएको छ। काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा चलानीमा २७ जना उल्लेख भए पनि वास्तवमा ३८ जना यात्रु रहेको पाइएको छ। त्यसैगरी, बीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा चलानीमा २३ यात्रु देखिए पनि २७ जना यात्रु रहेको खुलेको छ।
फेला परेका ४ शवमध्ये ३ जनाको सनाखत भइसकेको र १ जनाको सनाखत हुन बाँकी रहेको प्रशासनले जनाएको छ।
घटनाको तेस्रो दिन पनि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्धारकर्मीहरूले खोजी कार्य जारी राखेका छन्। उद्धारकर्मीहरूले बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलसम्म खोजी गरिरहेका छन्, तर अहिलेसम्म बसको अवस्था पत्ता लगाउन सकिएको छैन।
प्रशासनले बेपत्ता यात्रुहरूको खोजी कार्य तीव्र पारिएको र थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने बताएको छ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया