‘ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए ।
मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गरे । नेपालको विकास प्रक्रियालाई गति दिने तथा आर्थिक समृद्धिको आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई गति दिने र रोकिएका काम यस अवधिमा सम्पन्न भएकामा खुसी व्यक्त गरे ।
ढल्केबर इनरुवा चार सय केभी प्रसारण लाइन, डेढ दर्जन बढी सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भएको जानकारी दिँदै मन्त्री बस्नेतले अन्य केही कार्यक्रम यसबीचमा सम्पन्न भएका बताए । ऊर्जा मिश्रण अवधारणाअनुसार आठ सय मेगावाट क्षमताको सौर्य परियोजना अगाडि बढाइएको र त्यसलाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउन लागिएको उनको भनाइ छ ।
राष्ट्रिय गौरवका आयोजनालाई गति दिने, सञ्चालनमा रहेका सिँचाइ आयोजनाको क्षमता विस्तार तथा थप १० लाख हेक्टर क्षेत्रमा सिँचाइ पु¥याउने लक्ष्यका साथ काम अगाडि बढाइएको र त्यसले आगामी केही वर्षमा परिणाम देखिने मन्त्री बस्नेतले उल्लेख गरे ।
उनले सामूहिक भावनाका साथ काम गर्ने तथा गराउन प्रयत्न गरिएको उल्लेख गर्दै ऊर्जा विकास कार्ययोजना, माथिल्लो अरुण, दूधकोशी जस्ता आयोजना अगाडि बढाउन अन्तिम चरणमा पु¥याइएका बताए । मन्त्री बस्नेतले आगामी दिनमा फरक भूमिकामा रहे पनि आफूले अगाडि बढाएका कामलाई गति दिन साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मन्त्री बस्नेतको कार्यकालमा भएका काम कारबाही उल्लेखनीय र रणनीतिक महत्वका रहेका तथा यसले समग्र क्षेत्रको विकासमा महत्व राख्ने बताए ।
















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया