फ्रान्समा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडाैँ । फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।
क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय एक युवक आफ्नो परिवारसँग आफ्नो जन्मदिन मनाइरहेका बेला ती व्यक्ति नजिकैको घरमा पुगेका थिए ।
आक्रमणकारीले पार्टीमा आएका पाहुनामाथि गोली चलाउँदा तीमध्ये तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
आफ्नो जन्मदिन मनाइरहेका युवक र उहाँका पिता दुवैको हत्या भएको थियो ।
प्रहरीले अझै पनि आक्रमण ‘किन’ भएको भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् । उक्त व्यक्तिले घातक आक्रमण गर्नुअघि सवारी चालकहरूलाई गोली हानेको देखिन्छ ।
स्थानीय अभियोजक जेरोम पिकेसले एएफपीलाई बताएअनुसार ती व्यक्ति स्थानीय समयअनुसार राति ९ः३० बजेतिर दुवै घरलाई जोड्ने बाटो हुँदै छिमेकीको घरमा पुगेका थिए ।
गोली काण्डमा घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरू खतरामुक्त भएको अधिकारीले बताए ।
गोली चलेको स्थलमा रहेका अन्य १५ प्रत्यक्षदर्शीलाई मनोवैज्ञानिकहरूले निगरानीमा राखेका छन् ।
एस्पिनासे–भोजेलका नगरप्रमुख मिचेल मारिएनले एएफपीसँग भन्नुभयो, “यो एउटा झट्का हो । हामीलाई थाहा छैन कि यो के कारणले भयो, कसरी एक व्यक्तिले नियन्त्रण गुमाउँछ र यति विग्न उग्र हुन्छ ।”
प्रहरीका अनुसार ५० वर्ष काटेका ती आक्रमणकारीलाई यसअघि कुनै पनि अभियोग नलागेको देखिएको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया