अफगानिस्तानद्वारा राजधानीमा ९० हजार सिसिटिभी क्यामेरा जडान

अफगानिस्तानको राजधानी काबुलका विभिन्न भागमा सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न करिब ९० हजार सिसिटिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताएका छन् ।
स्थानीय टिभी टोलोन्युजले शनिबार राति अधिकारीलाई उद्धृत गर्दै घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न करिब ६० हजार सिसिटिभी क्यामेरा ६० लाख जनसङ्ख्या भएको सहर काबुलका संवेदनशील क्षेत्र, भीडभाड हुने ठाउँ र चोकमा जडान गरिएको जनाएको छ ।
अधिकारीका अनुसार अफगान कार्यवाहक सरकारको योजना आगामी चार वर्षभित्र युद्धग्रस्त देशका सबै प्रान्त र सहरमा भिडियो निगरानी प्रणाली स्थापना गर्ने रहेको छ ।
काबुल बाहेक, काबुलबाट ५५ किलोमिटर उत्तरमा पर्ने उत्तरी परवान प्रान्तको राजधानी चारिकारको निकास र प्रवेश विन्दुमा पनि क्यामेरा जडान गरिएको छ ।
अधिकारीहरूका अनुसार काबुल र अन्य सहरहरूमा चोरी, डकैती, हत्या र अपहरण जस्ता आपराधिक गतिविधिहरू तीव्ररूपमा कम भएका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया