कोपा अमेरिकाको फाइनलअगाडि डी मारियाको बिदाइ

काठमाडौं । सोमबार बिहान हुने कोपा अमेरिकाको फाइनल अगाडि नै अर्जेन्टिना राष्ट्रिय टोलीले स्टार मिडफिल्डर एन्जेल डी मारियाको बिदाइ गरेको छ।
यसअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिने निर्णय गरेका उनलाई अर्जेन्टिनी टोलीले शनिबार रातिको डिनरबाट बिदाइ गरेको हो ।
त्यसक्रममा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले डी मारियालाई बिदाइको जर्सी प्रदान गरेका छन् । त्यसक्रममा उनीहरू दुवैजना भावुक भएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
डि मारियाले गत नोभेम्बरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका थिए । उनका लागि अब सोमबार कोलम्बियाविरुद्धको फाइलन खेल नै अन्तिम हुने छ ।
नेपाली समयअनुसार सोमबार बिहान फ्लोरिडाको मियामी गार्डेन्समा हुने कोपा अमेरिकाको फाइनल खेलपछि ३६ वर्षीय डी मारियाले सन्यास लिने छन्।
डि मारियाले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेब्यु गरेका थिए । उनले १४४ खेलमा ३१ गोल गरेका छन् ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्न्यास लिन चाहेको उनले बताएका छन् ।
‘यो मेरो अन्तिम खेल हो । म सबै अर्जेन्टिनी र यो पुस्तालाई धन्यवाद दिन चाहन्छु जसले मलाई यति धेरै ट्रफी उचाल्न साथ दिनुभयो,’ उनले भने ।
सोमबार फ्लोरिडाको मियामी गार्डेन्समा हुने फाइनलका कोलम्बियासँगको खेलपछि ३६ वर्षीय डी मारिया बिदा हुनेछन् । उनले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेव्यु गरेका थिए ।
अर्जेन्टिनालाई दोस्रो पटक विश्वकप र १५ औँ पटक कोपा अमेरिकाको उपाधि जिताउन कप्तान लिओनल मेसीसँगै डी मारियाले महत्त्वपूर्ण भूमिका खेले ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया