निर्मला मिस डिसएबिलिटी क्विन

काठमाडौँ । भक्तपुर काँडाघारीकी निर्मला भण्डारीले ‘मिस डिसएबिलिटी क्वीन–२०२४’ ताज जितेकी छन् । फरक क्षमता भएकाहरुको क्षमता र प्रतिभालाई चिनाउन ‘ग्रिन आर्ट्स मिडिया प्रा.लि. र सहयात्री हातहरु’ को सहकार्यमा आयोजित उक्त सौन्दर्य प्रतियोगितामा मिसेज डिसएबिलिटी क्विन नेपाल २०२४ को उपाधि चाँहि सुदूरपश्चिमकी कौसिला बिस्टले जितिन् ।
त्यस्तै, फस्ट रनर अपको उपाधि हेटौंडाकी रोजिना स्याङ्तानले हात पारिन् भने सेकेण्ड रनर अपको उपाधि दोलखाकी निर्माया मगरले जितिन् ।
प्रतियोगितामा सहभागी उपशीर्षक विजेताहरूमा तनहुँकी शोभा श्रेष्ठले उत्कृष्ट प्रस्तुति, भक्तपुरकी बिनु थापाले सबैभन्दा लोकप्रिय, सिन्धुपाल्चोककी रेवती कार्कीले सबैभन्दा प्रतिभाशाली, भक्तपुरकी सानु कान्छी तामाङले सबैभन्दा प्रेरणादायी र मूलपानीकी मैया बिसुंखेले बबली पर्सनालिटी जितिन् ।
त्यस्तै, गुल्मीकी हिमा पुन मगरले सबैभन्दा साहसी, काभ्रेपलाञ्चोककी उमा भुजेलले सबैभन्दा अनुशासित, सर्लाहीकी सुन माया माझीले सबैभन्दा विनम्र, भक्तपुरकी रजिता खड्काले उत्कृष्ट मुस्कान, कपनकी मीना मगरले सबैभन्दा आकर्षक, धनगढीकी रोशनी थापाले सबैभन्दा सुन्दर र सुर्खेतकी बुद्धि कुमारी यारीले सबैभन्दा अद्भुत जितिन् ।
सिन्धुलीकी शोभा थापा मगरले सबैभन्दा ग्ल्यामरस, सुदूरपश्चिमकी कौसिला बिस्टले सबैभन्दा आत्मविश्वासी, अर्घाखाँचीकी अस्मिता पौडेलले सबैभन्दा फोटोजेनिक, सर्लाहीकी सम्झना भुजेलले सबैभन्दा मैत्रीपूर्ण र हेटौंडाकी रोजिना स्याङ्तानले उत्कृष्ट कपालको उपाधि जिते ।
‘प्रतियोगिताले अपाङ्गताभएका व्यक्तिहरुको आन्तरिक सुन्दरता र क्षमता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजक छ’ आयोजक ग्रिन आर्टस् मिडियाकी संयोजक रश्मी श्रेष्ठले भनिन् ।
फरक क्षमता भएकाहरुका लागि आयोजना गरिएको सौन्दर्यप्रतियोगिताको यो चौंथो शृंखला हो ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया