निर्मला मिस डिसएबिलिटी क्विन

काठमाडौँ । भक्तपुर काँडाघारीकी निर्मला भण्डारीले ‘मिस डिसएबिलिटी क्वीन–२०२४’ ताज जितेकी छन् । फरक क्षमता भएकाहरुको क्षमता र प्रतिभालाई चिनाउन ‘ग्रिन आर्ट्स मिडिया प्रा.लि. र सहयात्री हातहरु’ को सहकार्यमा आयोजित उक्त सौन्दर्य प्रतियोगितामा मिसेज डिसएबिलिटी क्विन नेपाल २०२४ को उपाधि चाँहि सुदूरपश्चिमकी कौसिला बिस्टले जितिन् ।
त्यस्तै, फस्ट रनर अपको उपाधि हेटौंडाकी रोजिना स्याङ्तानले हात पारिन् भने सेकेण्ड रनर अपको उपाधि दोलखाकी निर्माया मगरले जितिन् ।
प्रतियोगितामा सहभागी उपशीर्षक विजेताहरूमा तनहुँकी शोभा श्रेष्ठले उत्कृष्ट प्रस्तुति, भक्तपुरकी बिनु थापाले सबैभन्दा लोकप्रिय, सिन्धुपाल्चोककी रेवती कार्कीले सबैभन्दा प्रतिभाशाली, भक्तपुरकी सानु कान्छी तामाङले सबैभन्दा प्रेरणादायी र मूलपानीकी मैया बिसुंखेले बबली पर्सनालिटी जितिन् ।
त्यस्तै, गुल्मीकी हिमा पुन मगरले सबैभन्दा साहसी, काभ्रेपलाञ्चोककी उमा भुजेलले सबैभन्दा अनुशासित, सर्लाहीकी सुन माया माझीले सबैभन्दा विनम्र, भक्तपुरकी रजिता खड्काले उत्कृष्ट मुस्कान, कपनकी मीना मगरले सबैभन्दा आकर्षक, धनगढीकी रोशनी थापाले सबैभन्दा सुन्दर र सुर्खेतकी बुद्धि कुमारी यारीले सबैभन्दा अद्भुत जितिन् ।
सिन्धुलीकी शोभा थापा मगरले सबैभन्दा ग्ल्यामरस, सुदूरपश्चिमकी कौसिला बिस्टले सबैभन्दा आत्मविश्वासी, अर्घाखाँचीकी अस्मिता पौडेलले सबैभन्दा फोटोजेनिक, सर्लाहीकी सम्झना भुजेलले सबैभन्दा मैत्रीपूर्ण र हेटौंडाकी रोजिना स्याङ्तानले उत्कृष्ट कपालको उपाधि जिते ।
‘प्रतियोगिताले अपाङ्गताभएका व्यक्तिहरुको आन्तरिक सुन्दरता र क्षमता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजक छ’ आयोजक ग्रिन आर्टस् मिडियाकी संयोजक रश्मी श्रेष्ठले भनिन् ।
फरक क्षमता भएकाहरुका लागि आयोजना गरिएको सौन्दर्यप्रतियोगिताको यो चौंथो शृंखला हो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया