एमालेबाट विष्णु पौडेल अर्थमन्त्री र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै
मेरोन्यूज
२०८१ असार ३१ गते ९:२७

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।
जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया