रौतहटमा पहिरोमा बेपत्ता परिवारलाई आर्थिक सहयोग

रौतहट । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा परिरो गएर बेपताभएका परिवार लाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा पौडेर बाच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर कन्थमणि जैसवालले परिवारलाई धैर्य धारणको कामना गर्दै तत्कालको लागि २५ हजार नगद तथा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
मेयर जैसवालले समस्यामा परेका परिवारको स्वास्थ उपचार लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यादव बसको केविनबाट हामफालेर आफ्नो ज्यान जोगाएपनि उनको परिवारको चारजना सदस्य बेपत्ता भएका छन्।
त्यस्तै परोहा नगरपालिकाका मेयर शेख वकीलले नगरक्षेत्र अन्तर्गतका पहिरोमा बेपत्ता तीन परिवारलाई नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका छन ।
पहिरोमा बेपत्ता भएका वड़ा ४ लौकहा पोखरियाका ओमराज कुमार साह, वड़ा ६ बसंतपट्टीका ऋषि कुमार सिंह र वड़ा ९ रामपुर खापका सिकिन्दर दासको परिवारलाइ तत्काल जनहि ११ हजार नगद, ५० हजारको चेक तथा खाद्यान्न सामाग्री सहयोग गरिएको परोहाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफूज अहमदले जानकारी दिएका छन । पहिरोमा रौतहटको गरुडा, कटहरिया, बौधिमाई, र परोहा नगरपालिकाका दर्जन बढी मानिस बेपत्ता भएका थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया